Logo
Logo

फुटबलरको भारतमा धन्दा


31.3k
Shares

काठमाडौं । हस्तक्षेप र शंकास्पद गतिविधिको आरोपमा फिफाले भारतीय फुटबललाई प्रतिबन्धित गरेको छ । जसअनुसार प्रतिबन्ध फुकुवा नभएसम्म भारतीय टिमले अन्तर्राष्ट्रिय प्रतियोगित खेल्न पाउनेछैन ।

भारतीय फुटबल प्रतिबन्धित हुनुको एउटा कारण फुटबलमा हुने अवैध बेटिङ एक प्रमुख कारण हो । जुन धन्दामा नेपाली समेत जोडिएका छन् ।

पूर्व फुटबल खेलाडी अञ्जन केसी यस्तो धन्दामा जोडिएको स्रोत बताउँछ । विगत दुई वर्षदेखि भारतमा बसेर उनी यही काममा लागेका छन् । गोवामा हुने आन्तरिक फुटबल प्रतियोगितमा म्याच फिक्सिङ गराउने तथा त्यसमा बेटिङ गरेर उनी पैसा कमाउने गरेका छन् । मलेसियन नागरिक केबिनसँग मिलेर उनले यस्तो काम गर्दै आएका छन् ।

केसी नेपालमा म्याच फिक्सिङ तथा बेटिङको आरोपमा दुई पटक पक्राउ परिसकेका व्यक्ति हुन् । नेपालको राष्ट्रिय फुटबल टिमकै उनले म्याच फिक्सिङ गराउथे । जून अपराधमा छुटेपछि बेटिङको आरोपमा चार वर्षपछि फेरि पक्राउ परेका थिए । तर पनि उनको यो धन्दा रोकिएन ।

अर्का विवादास्पद व्यक्ति राम गिरीसँग मिलेर उनले बैंकेटको व्यवसायमा लगानी गरेपनि त्यो डुबेपछि उनी भारत पुगेका हुन् । नेपालमा उनले धेरैको पैसा समेत डुबाएको स्रोत बताउँछ । उनको गिरोहमा आबद्ध केही व्यक्तिहरु भने अहिले पनि नेपालमा बुकीको काम गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्