Logo
Logo

खानेपानीमन्त्री कामकुरो एकातिर…


2k
Shares

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरी सपत्नी र परिवारका छोराबुहारीसहित अमेरिका सयरमा छन् । एक हप्ताअघि दलबलसहित उनी अमेरिका भ्रमणमा गएका छन् । सचिव मणिराम गेलाल, अमेरिकासँग सम्बन्ध र साइनो नै नभएको खानेपानी संस्थानका महाप्रबन्धक ईश्वरप्रसाद र आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटासमेत भ्रमणदलमा छन् ।

संस्थानका महाप्रबन्धक ईश्वर र आयोजना निर्देशनालयका प्रमुख सापकोटालाई पत्नी र छोराबुहारीको आतेजाते हवाई टिकट र पकेटमनीका रुपमा डलरसमेत उपलब्ध गराएबापत मन्त्री चौधरीले भ्रमणदलमा समावेश गरेको स्रोतको दाबी छ । मन्त्रालयको प्रशासन महाशाखा स्रोतका अनुसार भ्रमण दलमा सहभागी मन्त्री चौधरी र सचिव गेलालको खर्च नेपाल सरकारले ब्यहोरेको छ भने अन्य सहभागीको खर्च आयोजना, संस्थान र ब्यक्तिगत रुमपा ब्यहोरिएको छ । रोचक पक्ष त के छ भने भ्रमण दलमा सहभागी भएबापत ईश्वरप्रसाद र सापकोटाले मन्त्री चौधरीलाई आकर्षक ‘उपहार’समेत बुझाएको चर्चा खानेपानी मन्त्रालयमा चलेको छ ।

पत्नी र छोराबुहारीलाई अमेरिका लैजाने कार्यक्रममा मन्त्री चौधरीले आयोजना, डिभिजनदेखि केन्द्रीय निकायसम्म चन्दा अभियान नै संचालन गरेको बताइन्छ ।

खानेपानी विभागका नवनियुक्त महानिर्देशक रमाकान्त दुवाडीले मन्त्री चौधरीको योजनामा साथ दिने बताउँदै अमेरिका भ्रमणपछि बाचा पूरा गर्ने सर्तनामा गरेको बुझिएको छ । यसो भनेपछि दुवाडीले मन्त्रीबाट छ्ुटाकारा पाएका थिए ।

मन्त्री चौधरीको अमेरिका भ्रमणबारेराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा स्वयम् खानेपानी मन्त्रालयले समेत सार्वजनिक गरेको छैन । खानेपानी मन्त्री विदेश भ्रमणमा गएपछि कसले कार्यवाहक सम्हालेको छ र कसलाई दिइएको छ भन्ने जानकारी देशबासीेले पाउनसकेका छैनन् । परम्पराअनुसार जुन मन्त्री विदेश भ्रमणमा जाने हो ऊ भन्दा एक तहमुनिको पोर्टफोलियोका अर्का मन्त्रीलाई कार्यवाहक दिनुपर्छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले कार्यवाहक दिने परम्परा छ । तर, कहिलेकाहीँ प्रधानमन्त्री आफैले कार्यवाहक दिने पनि गरेका छन् । तर, चौधरीका हकमा भने यो नियम लागू भएको बारेमा सूचना कतै पनि देखिएन ।

खानेपानी मन्त्रालयको जानकारीपत्रका आधारमा प्रधानमन्त्रीले कार्यबाहक सिफारिस गर्ने वा तोक्ने प्रचलन हुनुपर्नेमा भएको जानकारी दिइएको छैन । खानेपानी मन्त्रालयका अनुसार मन्त्रीको जम्बो टोली अमेरिकामा भदौ १५ सम्म घुमघाममै बिताउने समयतालिका छ ।

प्रतिक्रिया दिनुहोस्