काठमाडौं । सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी छन् ।
बैठकमा काँग्रेसले ८५-९०, माओवादीले ४०-४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले १२-१५ को वरिपरि सिट पाउने गरी छलफल चलिरहेको एक नेताले जानकारी दिए ।
कार्यदलमा सहमति नभएपछि शीर्ष नेता बसेर भागबण्डा टुंग्याउने कसरत भइरहेको छ ।