Logo
Logo

कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर शाह निर्देशन


441
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशनदिएका छन् ।

सार्वजनिक सूचना जारी गर्दै मेयर साहले पाटन उच्च अदालतको आदेश र काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन अनुसार महानगरका कर्मचारीको दलिय आबद्धता हुन नहुने नियम भएको भन्दै दलिय आवद्धता त्याग्न निर्देशन दिएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आवद्ध नहुन सचेत गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्