Logo
Logo

एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहस गर्दैछ- प्रचण्ड


2k
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले नागरकिता विधेयकबारे गलत प्रचार गरेको बताएका छन् ।

एमालेले एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्ने दुस्साहस गरिरहेको उनको भनाइ छ । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले उनले भने, ‘यो विधेयकको सारतत्व भनेको आमाबुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले नागरिकता पाउने विषय हो । नागरिकता नहुँदा ७ लाख युवा अवसरबाट वञ्चित थिए । यसलाई राष्ट्रघाती भन्नु पाखण्ड हो ।’

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लगिएको अध्यादेशमा भएका व्यवस्थाभन्दा कुनै फरक नभएको उनको भनाइ छ । ‘एमाले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ कि भनेर दुस्साहस गरिररहेको छ,’ प्रचण्डले भने, ‘तर जनता सचेत भइसकेका छन् । यस्ता पाखण्डी प्रचारको पछि लाग्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्