Logo
Logo

टुबोर्गसँग ‘भेक’ र ‘डेरुलो’


315
Shares

काठमाडौं । टुबोर्ग ओपन अभियानले यसपटक २ चर्चित कलाकारसँग सहकार्य गरेको छ ।

अमेरिकी कलाकार जेसन डेरुलो र नेपाली कलाकार भेकसँग सहकार्य गरेको हो । ५ वर्षदेखि सांगीतिक क्षेत्रसँग हातेमालो गरेको अभियानको यो वर्षको थिम ‘टेक द स्टेज अर्थात् त्यो मञ्च लेऊ’ छ ।

टुबोर्गले ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संगीत क्षेत्र उत्थानका लागि सघाएको छ । टुबोर्गले भारत, चीन, टर्की, सर्बियालगायत देशमा पनि ओपेन क्याम्पेन गर्दै आएको छ । नेपालका लागि पाँचौं क्याम्पेन छनोटमा डेरुलो र भेक परेका हुन् ।

अन्तर्राष्ट्रिय कलाकारले एक जनालाई मेन्टरसिप दिने यसपटकको सिलसिलामा भेकलाई अमेरिकी गीतकार तथा गायक डेरुलोले संगीतको मूल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गरेका छन् । डेरुलोका ‘जलेबी बेबी,’ ‘स्वाला,’ ‘इन माइ हेड’ र ‘सेभेज लव’ लगायत गीत विश्व चर्चित छन् ।

‘भेक’ (विवेक वाइबा लामा) नेपाली संगीत जगत्मा पछिल्लो पुस्ताका उदीयमान कलाकार हुन् । नयाँ पुस्तामाझ उनको बेग्लै छाप छ । उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियता कमाएका छन् । उनको चर्चित गीत ‘एक्लै जिउन सिकें’ ले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको छ ।

‘मायालु’ र ‘लै बरी लै’ पनि उनका चलेका गीत हुन् । गत महिना डेरुलोसँग लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को उदीयमान कलाकार भेकले मेन्टरसिप प्राप्त गरी फर्किएका छन् । यो वर्षका लागि भेकले मेन्टरको मार्गदर्शनमा आधारित रहेर एउटा नयाँ गीत बनाउन्दै छन् । उक्त गीत केही महिनापछि बजारमा आउनेछ ।

गोर्खा ब्रूअरीका बजार निर्देशक आशिष विष्ट भन्छन्, ‘टुबोर्ग र संगीतको नाता गहिरो छ । संगीतको विधा जस्तो होस् टुबोर्गले प्रवर्द्धनमा सधैं सघाएको छ ।’

प्रतिक्रिया दिनुहोस्