Logo
Logo

विराटनगरमा ग्याङ फाइट, १० जना घाइते


2.3k
Shares

विराटनगर । विराटनगरमा मंगलबार साँझ ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् ।

विराटनगर–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले बताएको छ । पुरानो रिसिइबीका कारण भएको दोहोरो झडपमा कामत गम्भीर घाइते भएका हुन् ।

उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । कुटाकुटमा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।

यस्तै दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्