Logo
Logo

करारका शिक्षक हटाएकोमा नगरपालिकासँग लिखित जवाफ माग


567
Shares

महोत्तरी । पुर्वजानकारी विना करारका शिक्षक हटाएको भन्दै पिडीत शिक्षकले दिएको रिटमाथि सुनुवाइ गर्दै नगरपालिकासँग १५ दिने लिखित जवाफ माग गरेको छ ।

बर्दिबास नगरपालिकाले पूर्वजानकारीविना एक्कासि करारमा कार्यरत शिक्षक हटाएको भन्दै आन्दोलित शिक्षकहरूले उच्च अदालत जनकपुरमा अन्तरिम आदेशको माग गर्दै दिएको उजुरी निवेदन दिएका थिए ।

उक्त रिटमाथि अधिवक्ताद्वय मनिराम उपाध्याय र संजयराज अधिकारीको बहसपछि मुख्य न्यायाधीशको इजलासले नगरपालिकासँग लिखित जवाफ माग गरेको हो । विपक्षीहरूको लिखित जवाफ नआउन्जेल अन्तरिम आदेश जारी गर्न नमिल्ने उच्च अदालत जनकपुरले जनाएको छ ।

नगरपालिकाले पदपूर्तिका लागि निकालेको विज्ञापनमा शिक्षकका लागी सुविधा सन्तुलनसमेत नदेखिएको अदालतको उत्प्रेषयुक्त परमादेशमा उल्लेख छ । नगरपालिकाले २० साउनमा सूचना जारी गरी नगरभित्र शिक्षकको करार खारेज गरेको र हाजिरी नगराउन निर्देशन दिएसँगै शिक्षकहरू आन्दोलित भएका छन्।

प्रतिक्रिया दिनुहोस्