Logo
Logo

अवैध रूपमा बनेका महानगरका संरचना भत्काइयाे


1.3k
Shares

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्र अस्तव्यस्त बनेको छ । काठमाडौं महानगरपालिकाले अवैधरुपमा बनेका टहरा अहिले भत्काइरहेको छ । जसका कारण न्यूरोड क्षेत्र अस्तव्यस्त बनेको हो ।

बुधबार महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा बनेका अवैध रुपमा बनेका संरचना यसअघि नै भत्काइसकेको छ । न्यूरोडको रञ्जना गल्लीभित्र बनेका भवनहरु समेत भत्काएको छ । भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्साविपरीत बनाइएका संरचनाहरुलाई भत्काइएको महानगरले जनाएको छ ।

महानगरका मेयर बालेन साह नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ । केही दिनअघि मात्र नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनाहरु भत्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्