एजेन्सी । अफगान सुरक्षाबलले पूर्वीप्रान्त वर्दाकमा आतंकवादी गतिविधिमा सङ्लग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको स्थानीय सुरक्षा अधिकारीले बुधबार जानकारी दिएका छन् ।
गुप्त सूचनाको आधारमा सुरक्षाबलले मङ्गलबार प्रान्तीय राजधानी मैदानशार शहरमा खोजी अभियान चलाएका र आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको प्रान्तीय आतंकवाद विरोधी अधिकारी कारी अब्दुल सबूर हम्मादले सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
सुरक्षाबलले ४७ ओटा राइफल, एक रकेट लन्चर र ठूलो मात्रामा गोलाबारुद बरामद गरेको सरकारी स्रोतले जानकारी दिएको छ ।