काठमाडौँ । साताको पाँचौँ दिन आज सुनचाँदीको भाउ बढेको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँले बढेर हो ।
बढेको भाउ सहित आज छापवाल सुन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।