Logo
Logo

महिन्द्र रायको संयोजकत्वमा नेसपाले गठन गर्‍यो निर्वाचन परिचालन समिति


882
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बिहीबार बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अध्यक्ष महिन्द्र राय यादवाको संयोकत्वमा सो समिति गठन गरहेको हो । सो समितिको सह–संयोजकमा पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठ रहेका छन् । साथै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरु र विभागीय प्रमुखहरु रहेका छन् ।

बैठकले आगामी चार गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्ने जिम्मा अध्यक्ष डा. बाबुराम भट्टराईलाई दिइएको छ । घोषणापत्र लेखन समितिमा एमपी रिजाल, डा. जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेका छन् । बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ ।

त्यस्तै, ९३ सदस्यीय राजनीतिक समिति पनि गठन गरेको अध्यक्ष भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले गोविन्दप्रसाद चौधरीलाई सहध्यक्षमा मनोनित गर्नुका साथै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, केन्द्रीय कार्यालय प्रमुखमा फणिन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको छ । बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्दप्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी÷दलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो।इजरायल अहमदलाई जिम्मेवारी तोकेको छ ।

बैठकले निर्वाचनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा प्रदेशस्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम गर्ने तय गरेको छ भने भदौ २० गते प्रदेश १ को इटहरी र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्ने निर्णय गरेको छ । भदौ २२ गते मधेश प्रदेशको जनकपुर र कर्णाली प्रदेशको सुर्खेतमा कार्यक्रम गर्ने तय भएको नेसपाले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको पोखरामा भदौ २४ गते, वागमती प्रदेशको काठमाडौँमा भदौ २५ गते कार्यक्रम गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्