Logo
Logo

नेसपाको सहअध्यक्ष गोविन्द चौधरी, महिला इन्चार्जमा यमी मनोनित


1.4k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले सहअध्यक्षमा गोविन्दप्रसाद चौधरीलाई मनोनित गरेको छ ।

डा बाबुराम भट्टराई नेतृत्वको उक्त पार्टीका विभिन्न विभाग प्रमुख र केन्द्रीय समिति सदस्यसमेत मनोनित गरेको छ । बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ ।

बैठकले ९३ सदस्यीय राजनीतिक समितिसमेत गठन गरेको छ । सअध्यक्ष चौधरी थारू संघको इन्चार्जसमेत रहेका छन् । समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी मनोनित भएकी छिन् ।

यसैगरी शिल्पी/दलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ र समाजवादी मुस्लिम संघको इन्चार्जमा मो‍ इजरायल अहमदलाई जिम्मेवारी तोकेको छ।

केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई तोकेको छ ।

केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिइएको छ ।

बैठकले मंसिर ४ गते हुने निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा. जनक शाह, नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय समिति बनाएको छ।

प्रतिक्रिया दिनुहोस्