Logo
Logo

राष्ट्रपतिको गतिविधिले शंका जन्मायो : माधव नेपाल


3.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए ।

‘अब भोलिका दिनमा सुन्दै जानुहोला । राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले सेनाका पूर्व प्रमुखहरुलाई बोलाएर राष्ट्रपति निवासमा भोज दिने काम भयो यसले शंका जन्मायो, के गर्न खोज्दै हुनुहुन्छ राष्ट्रपतिले ?’

उनले राष्ट्रपतिको कदमले भोलि अनिष्ट हुने त होइन भनेर प्रश्न जन्मिएको बताए । उनले भने, ‘भोलि कतै अनिष्ट त हुने होइन । प्रश्न जन्माएको छ । आज बिहान बालुवाटारमा हाम्रा बीचमा यसबारे छलफल पनि भएको छ । यी सबै परिस्थितिका बारेमा निगरानी गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्