Logo
Logo

प्रहरीमा फेरि काज, बाँके र सुर्खेतमा सरुवा हुन सकेन


251.2k
Shares


काठमाडौं । अत्याधिक चलखेलका कारण प्रहरी सरुवा नियमित हुन सकेन । जसकारण प्रहरी प्रधान कार्यालयले चुनावको मुखमा किस्ता किस्तामा काज सरुवा गरिरहेको छ ।


बुधबार पाँच एसपी र १८ डिएसपीको काज सरुवा गरियो । एसपी सरुवामा दाङको प्रहरी प्रमुख मात्र फेरिए । दाङमा राम्रो छवी नभएका वीरबहादुर ओलीलाई पठाइएको छ । चलखेलकै आधारमा उनलाई दाङ पठाइएको छ । बाँके र सुर्खेतमा भने सरुवाको निर्णण हुन सकेको छैन । ती जिल्लाका एसपीको कार्यकाल १५ महिना भइसकेको छ ।


गृह मन्त्रालय र प्रहरी महानिरीक्षकले पठाउन चाहेका व्यक्ति फरक फरक भएकाले सरुवाको निर्णय हुन नसकेको हो । बाँके जान खोजेका एसपी सन्तोषसिंह राठौरले केन्द्रीय कार्यदलमा सरुवा गरिएको छ ।


त्यस्तै, सल्यानका डिएसपी पनि फेरिएका छन् । जहाँ दामेदार केसीलाई पठाइएको छ । त्यस्तै सर्लाहीको इप्रका बरहथवामा महेन्द्र कुमार मिश्र तथा सिंहदरबार गणमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ ।
अत्याधिक चलखेलका कारण प्रहरी सरुवामा काज विकृती बढेको छ । चुनावको मुखमा प्रहरीमा कांग्रसीकरण भएको चर्चा प्रहरी प्रधान कार्यालयम छ।

प्रतिक्रिया दिनुहोस्