Logo
Logo

प्रतिनिधिसभा निर्वाचनमा ८७ दल सहभागी हुने


1.1k
Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा ८७ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको छ ।

त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ । संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४ वटा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा चुनावमा लागि ७९ वटा निर्वाचन चिन्ह रहेको छ ।

त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी ७५ वटा दल सहभागी हुने भएका छन् । त्यसपछि वागमती प्रदेशसभा निर्वाचनमा ७२ दलले भाग लिनेछन् ।

त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४र६४ दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४÷४ वटा रहेको आयोगले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभा चुनाव आगामी मंसिर ४ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्