Logo
Logo

टी-२० सिरिज : केन्यामाथि नेपालको सानदार जित


819
Shares

काठमाडौं । नेपालले पहिलो टी-२० सिरिजमा घरेलु टोली केन्यामाथि ५ विकेटको सहज जित हात पारेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३३ रन बनाए । ज्ञानेन्द्र मल्ल ३० बलमा ३ चौकासहित २३ रनमा आउट भए ।

ओपनर पवन सरार्फ १, आसिफ शेख १९ र रोहित पौडेल १३ रनमा आउट भए । आसिफले २७ बलमा ३ चौका प्रहार गरे । आरिफ शेख १५ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । आदिल अन्सारी २ रनमा अविजित रहे ।

केन्याका विराज पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । लुकास ओलुओले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

केन्याका विकेटकिपर इफरान करिमले ४४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । लुकास अलुओच १३ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए । दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खेल्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्