Logo
Logo

बंगलादेशले नेपालबाट बिजुली लैजाने


945
Shares

काठमाडौं । बंगलादेशले नेपालबाट बिजुली लैजाने भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरीङ कमिटी’ (जेएससी) बैठकमा ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने सहमति भएको हो ।

नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँका सरोकारवाला निकायसँग त्रिपक्षीय रुपमा छलफल गर्ने विषयमा पनि दुवै देश सहमत भएका छन् ।

‘बंगलादेशको विद्यमान संरचनाले करिब ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने भनेका छन्,’ ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले भने, ‘बंगलादेशले अहिले भारतबाट बिजुली किनिरहेकोमा त्यहीं प्रणालीबाट जानेगरी थप बिजली माग गरेको हो । यद्यपि यसका लागि पनि त्रिपक्षीय समझदारी आवश्यक छ ।’

भारतबाट बंगलादेशमा बिजुली व्यापारका लागि एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले मध्यस्थकर्ताका रुपमा काम गरिरहेको छ । नेपालको बिजुली सोझै बंगलादेश जाने नभई नेपालले एनभीभीएनलाई उपलब्ध गराउने र सोही परिमाण बराबरको बिजुली एनभीभीएनले बंगलादेशलाई उपलब्ध गराउनेगरी अघि बढ्न खोजिएको हो ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनका लागि थप २ वर्ष समय पाएको भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) सँग बंगलादेशले अर्को एकरदुई महिनाभित्रै विद्युत् बिक्री सम्झौता (पीएसए) गरिसक्ने प्रतिवद्धता जनाएको पनि सचिव तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्