Logo
Logo

एमालेको केन्द्रीय समिति बैठक आजबाट


315
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरु हुँदैछ । स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्नका लागि आजबाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

बैठकमा मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बैठक आज र भाेली दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्