Logo
Logo

होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण


945
Shares

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो । विसं २०७८ साउनमा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो ।

होल्डिङ सेन्टर एक हजार शय्या (बेड)को रहेको छ । होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो । ठेकेदारले काम सम्पन्न गरेर सेनालाई हस्तान्तरण गरेको हो ।

सेनाले उक्त संरचना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सहायक रथि विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिने बताए । सीमावर्ती जिल्ला र सुरुआती चरणको कोरोना महामारीका समयमा बाँके ‘हटस्पट’ बनेपछि बिरामी राख्ने ठाउँ नहुँदा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्