Logo
Logo

राहदानी विभागको नयाँ भवनको नक्सा पास भेटिएन : महानगर


4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको बताएको छ । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको महानगरले जनाएको छ ।

विभागले १ अर्ब ५ करोड लागतमा निर्माण गरेको यो भवन गत वर्ष मात्रै बनाएको हो । नक्सा पास नभई भवन बनाए पनि विभागले भूमिगत पार्किङ राखेको थियो । तर, सेवाग्राहीलाई समस्या हुने भन्दै बेसमेन्टलाई सेवाग्राहीको ‘वेटिङ रुम’ बनाएको छ ।

महानगरले बेसमेन्ट खाली गराइरहेको छ । यसअघि पनि मेयर बालेन्द्र शाहले यो बेसमेन्ट खुला गर्न आग्रह गर्दै आएको तर विभागले सेवाग्राहीको भिडको कारण देखाएर नमानेको एक अधिकारीले जानकारी दिए ।

महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्