Logo
Logo

सशस्त्र प्रहरीका एआइजी र डिआइजीसँग कार्यसम्पादन सम्झौता


1.4k
Shares


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल समक्ष बिभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुले आर्थिक वर्ष २०७९÷०८० को बार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित समारोहमा उक्त कार्यसम्पादन करार सम्झौता भएको हो ।


सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम तथा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बंशीराज दाहाल, ई।किशोर प्रधान, कमल गिरी, गणेश ठाडामगर, अभिकुमार खत्री, कुल बहादुर नेम्वाङ्ग, दुर्गा प्रसाद भट्टराई, शम्भु सुवेदी र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले महानिरीक्षक अर्याल समक्ष कार्यसम्पादन सम्झौता गरेका छन् । सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारीप्रति अझ बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सम्झौतापछि महानिरीक्षक अर्यालले समसामयिक विषयमा निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्