Logo
Logo

तीजको अवसरमा महिलालाई अल्का अस्पतालको छुट


315
Shares

ललितपुर । अल्का अस्पतालले तीजको अवसरमा महिलाहरुलाई छुटको योजना ल्याएको छ ।

महिलाहरुलाई केन्द्रित गरेर अल्का अस्पतालले यही भदौं १० गतेदेखि १७ गतेसम्म अस्पतालमा उपचार गर्न आएकाहरुलाई ओपिडी सेवामा २० प्रतिशतसम्म छुटको योजना सार्वजनिक गरेको छ ।

अस्पतालका सबै सेवामा महिलाहरुलाई २० प्रतिशतसम्म छुट दिएका छौं, अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए ।
‘अस्पतालका ओपिडी सेवा आएका सबै महिलाहरुलाई २० प्रतिशतसम्म छुट हुन्छ ।’ प्रशासन प्रमुख केसीले बताए ।

यो छुट विरामीहरुलाई ल्याव परीक्षणमा पनि कायम रहने अस्पतालले जनाएको छ ।

ललितपुरको जावलाखेलमा अवस्थित अल्का अस्पतालले १७ वर्षदेखि बिरामीहरुलाई सेवा दिइरहेको छ । अल्का अस्पतालको आफ्नै नर्सिङ्क कलेज र पोलिक्लिनिक पनि छ ।

प्रतिक्रिया दिनुहोस्