Logo
Logo

बार र क्लबमा नक्कली रक्सी बिक्री गर्ने ५ जना पक्राउ


2k
Shares

काठमाडौं । नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ ।

प्रहरीले काठमाडौं कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण गर्ने कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले उक्त घटनामा संलग्न दोलखाको कालिञ्चोक गाउँपालिका-१ घर भएका २४ वर्षीय हरि वली, भिमेश्वर नगरपालिका-८ घर भएका ३९ वर्षीय भगवान बस्‍नेत, कालिञ्‍चोक गाउँपालिका-४ घर भएका २० वर्षीय विशाल वली, रामेछापको खाँडादेवी गाउँपालिका-२ घर भएका २७ वर्षीय मनोझ खत्री र रामेछापकै खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय गोपी श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वलीको डेरा र फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी बरामद भएको छ ।

फ्याक्ट्रीबाट रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको बाल्टिन, जार, सोली लगायत पनि बरामद गरेको छ । प्रहरीले विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादनमा संलग्न पाँचजनालाई पक्राउ पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्