Logo
Logo

कमेडियन अपूर्व क्षितिजविरूद्ध प्रहरीमा जाहेरी


3.8k
Shares

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ । कमेडियन सिंहले नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर जाहेरी दिएका हुन् ।

कमेडियन सिंहले नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो । जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ ।

प्रहरीका अनुसार सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन् । हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ ।

सिंहले भनेका छन्, ‘मलाई नेवारी एक्सेन्ट एकदमै मनपर्छ । नेवारी टोन । क्या मिठ्ठो गरी बोल्छन् नि नेवारहरू । त भन्नै सक्दैनन् । त लाई ट भन्छन् । क्या मजाको सुनिन्छ नि । त भन्न नसक्ने भए आफू बस्ने ठाउँको नाम भक्तपुर किन राखेको ?’

प्रतिक्रिया दिनुहोस्