Logo
Logo

कांग्रेसले १०० सिट नपाए गठबन्धन गर्न सकिँदैन : काेइराला


819
Shares

मोरङ । सत्ता गठबन्धनमा आगामी निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल अन्तिम अवस्थामा पुगेको छ । तर, गठबन्धनको नेतृत्व गरिरहेका नेपाली कांगे्रसभित्र भने सिट बाँडफाँटमा फरक फरक धारणा रहँदै आएको छ ।

यस्तै, कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नसक्ने बताएका छन् । अहिलेको अवस्थामा गठबन्धन स्वीकारेर निर्वाचनमा जानुपर्ने बाध्यता भए पनि सिट संख्या १०० बाट घटाउन नसकिने उनको भनाइ छ ।
नेता कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ । तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानु परेको हो ।’

शनिबार नेपाली कांग्रेस मोरङ क्षेत्र नं–६ ले सुन्दरहरैंचामा आयोजना गरेको १ दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने समेत बताए । उनले भने, ‘पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेरमात्रै सिट बाँडफाँट गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्