एजेन्सी । भारत र ब्राजिलले अन्तरराष्ट्रिय शान्ति र सुरक्षामा समसामयिक चुनौतीहरूको सामना गर्न मद्दत गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को व्यापक सुधारको आवश्यकतालाई औंल्याएको छ ।
भारतको विदेश मन्त्रालयले दिएको जनाकारी अनुसार यस किसिमको विचार आठौं ब्राजिल-भारत संयुक्त आयोग बैठक (जेसीएम) पछि जारी गरिएको संयुक्त वक्तव्यमा जनाइएको छ ।
अगस्ट २४ मा ब्राजिलियामा भएको संयुक्त आयोगका सहअध्यक्ष विदेशमन्त्री एस जयशंकर ब्राजिलका समकक्षी कार्लोस अल्बर्टो फ्रान्को फ्रान्काले गरेका थिए । शनिबार जारी गरिएको मन्त्रालयको विज्ञप्ति अनुसार सन् २००६ मा स्थापित रणनीतिक साझेदारी थुप्रै क्षेत्रहरू समेट्न त्यसपछिका दिनहरूमा द्वीपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै गएको छ ।
सो साझेदारीका विषयहरू साझा लोकतान्त्रिक मूल्यमान्यता, समान विश्वव्यापी दृष्टिकोण, र सामाजिक समावेशीकरण र दिगो विकासका साथ आर्थिक वृद्धिलाई बढावा दिने लगायतका प्रतिबद्धतामा आधारित छन् ।
विदेश मन्त्रालयले दुई देशले संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय संगठनहरू र जी-२०, ब्रिक्स, आइबिएसए, जी-४ लगायात बहुपक्षीय फोरमहरूमा पनि व्यापक रूपमा सहयोग गर्ने बताएको छ ।
ब्राजिलमा भएको वार्ताका क्रममा दुई विदेशमन्त्रीले द्विपक्षीय सम्बन्धका सर्वाङ्गीण पाटोका बारेमा छलफल गरेका थिए । उनीहरूले व्यापार तथा आर्थिक सम्बन्धको समीक्षा गर्नुका साथै कोभिड–१९ को महामारीबाट उत्पन्न चुनौतीका बाबजुद द्विपक्षीय व्यापारमा निरन्तर वृद्धि भएकोमा सन्तुष्टि समेत व्यक्त गरेका थिए ।
“कुल द्विपक्षीय व्यापार गत वर्षको तुलनामा सन् २०२१ मा ६३.५ प्रतिशतले बढेर ११.५३ बिलियन अमेरिकी डलर पुगेको छ । भारत ब्राजिलको पाँचौ ठूलो व्यापार साझेदार बनेको छ । उनीहरूले द्विपक्षीय व्यापारको वृद्धि र विविधीकरणको थुप्रै सम्भावनालाई औंल्याउँदै निजी क्षेत्रलाई अवसरहरू खोज्न आग्रह गरेका छन् ।
दुवै विदेश मन्त्रीले सन् २०२२ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दुवै देश निर्वाचित सदस्य बनेको बेलामा दुई देशबीचको घनिष्ठ सम्बन्धको प्रशंसा गरेका थिए ।
‘उनीहरूले संयुक्त राष्ट्रसंग सुरक्षा परिषद्को व्यापक सुधारको तत्काल आवश्यकतालाई पुन: पुष्टि गर्दै विशेष गरी स्थायी र गैर-स्थायी दुवै क्षेत्रमा यसको विस्तार गर्ने, यसलाई थप प्रतिनिधि, प्रभावकारी र अन्तरराष्ट्रिय शान्ति र सुरक्षाको समसामयिक चुनौतीहरूको लागि उत्तरदायी बनाउन,’ आग्रह गरिएको जनाइएको छ ।
दुवै मन्त्रीहरूले जी-२० को महत्त्वलाई प्रकाश पार्दै भारत सन् (२०२३) र ब्राजिल (२०२४) को आगामी अध्यक्षताको समयमा नजिकबाट सहयोग गर्न सहमत भएका छन् ।
मन्त्रीहरू फ्रान्का र जयशंकरले विकासशील विश्वको हित र दक्षिण-दक्षिण सहयोगको पक्षमा भारत, ब्राजिल र दक्षिण अफ्रिका, तीन महादेशका तीन ठूला लोकतान्त्रिक, बहुलवादी र विविध समाजहरू जम्मा गर्ने आइबिएसएलाई थप प्रोत्साहन दिन सहमत भएका छन् ।
दुवै मन्त्रीले ब्रिक्स अन्तर्गतको सहयोगलाई पनि स्वागत गरेका छन् । सङ्गठनले स्थापना कालदेखि रचनात्मक काम गरेको पनि उनीहरूको बुझाइ छ ।