काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा जाने भएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको एक नेताले जानकारी दिए ।
बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।