Logo
Logo

राष्ट्रपति र लोसपाका नेताहरुबीच भेटघाट


2.4k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई लोसपाका नेताहरुले भेटेका छन् ।

शनिबार शीतल निवासमा भएको भेटमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।

उक्त भेटमा नेताहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनु हुन्न ।’ प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्न नपर्ने बताएका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्