Logo
Logo

खोलाले बगाएर बेपत्ता


567
Shares

फाइल फाेटाे ।

म्याग्दी । बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ । उनी वर्षदेखि तातोपानीमा ट्रयाक्टर चलाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्