Logo
Logo

त्रिविका कर्मचारीले असारदेखि तलब पाएनन्


504
Shares

काठमाडौं । त्रिविको लेखा शाखामा तालाबन्दी भएका कारण देशभरिका क्याम्पस कार्यालयका शिक्षक र कर्मचारीले असारदेखिको तलब पाएका छैनन् ।

विद्यार्थी संघ कीर्तिपुरका विद्यार्थीको निरन्तरको तालाबन्दीले निवृत्त भएका शिक्षक कर्मचारीको निवृत्तिभरण, उपदानलगायत सुविधाबाट बञ्चित भएको त्रिविले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

विभिन्न निर्माण व्यवसायी एवं विद्युत् प्राधिकरण, टेलिफोन तथा खानेपानीको नियमितरूपमा भुक्तानी गर्नुपर्ने रकम समयमा भुक्तानी नगर्दा त्यसवापत त्रिविले लाखौँ रुपैयाँ जरिवाना शुल्क बुझाउनुपरेको उल्लेख छ ।
शान्ति सुरक्षाको माग
त्रिविले सरकारसँग सुरक्षाको माग गरेको छ । विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सुरक्षाको माग गरेको हो ।

आइतबार जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम-कारबाही गर्दा वारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ ।

पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरेकाले असुरक्षित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्