Logo
Logo

मेलम्चीमा बाढी, सडक अवरुद्ध


441
Shares

लगातारको वर्षाले मेलम्ची नदीमा बाढी आएको छ । बाढीले मेलम्ची- ११ सिमखेतमा सडक बन्द भएको छ ।

नदीले सडक कटान गरेपछि बिहानैदेखि यातायात ठप्प छ । सडक अवरुद्ध हुँदा हेलम्बु र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

अवरुद्ध बाटोका कारण गाउँदेखि काठमाडौँसम्मको सिधा यातायात सञ्चालन नहुँदा पाँचपोखरी थाङपाल गाउँपालिकाका यात्रुलाई सास्ती भएको छ । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।

मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स-साना नदीमा आकस्मिक बहाव हुने हुँदा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हेलम्बु र मेलम्ची तटका बासिन्दा पानी पर्नेबित्तिकै समस्यामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्