Logo
Logo

भत्काइँदै रत्नपार्क-भोटाहिटी अण्डरपासमाथिको संरचना


3k
Shares

काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपा बनाइएको भन्दै भत्काउन थालेको हो ।

पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु गरिएको हो ।

सबवेभित्रका ७ वटाबाहेक सबै सटर अवैध भएका महानगरले जनाएको छ । ती सब–वेमा पैदलयात्रु हिँड्न सकस भएकाले भत्काउन लागिएको हो । ती संरचना सबै हटाइने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्