Logo
Logo

नागरिकता विधेयक राष्ट्रियसभाद्वारा स्वीकृत


37.8k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाबाट स्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकले बहुमतले स्वीकृत गर्दै विषयगत समितिमा छलफल गराउने भएको छ ।

यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा जानकारी गराएको थियो ।

यसअघि संसदको दुवै सदनबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता गरेका थिए ।

उक्त बिधेयक पुन प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ । विधेयक पुनः संघीय संसदबाट पारित भए राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्