Logo
Logo

दुई मन्त्रीले दिए राजीनामा


2.9k
Shares

कर्णाली । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् ।

सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

मन्त्री विष्ट र सिंहले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।

शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्