Logo
Logo

माओवादीले यसअघि सिफारिस भइसकेकालाई उम्मेदवार नबनाउने


3.7k
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्ने भएको छ ।

माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यसअघि सिफारीस भएकालाई उम्मेदवार नवनाउने निर्णय गरेको हो । बैठकले यस अघि सिफारिसमा परेकालाई पुनः सिफारिस नगर्ने भन्दै सर्कुलरसमेत जारी गरेको छ।

बैठकको निर्णायानुसार प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन् । समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने तथा हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भएकालाई सिफारिस गरेर नपठाउन माताहातको कमिटीलाई निर्देशन दिएको छ ।

यसरी सिफारिस भएका नेताको नाम २० भदौं भित्र प्रदेश कार्यालयमा पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्