Logo
Logo

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट


504
Shares

तनहुँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् ।

जिल्ला खेलकुद विकास समितिले विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो । पूर्वाधार अभावकै बीच खेलाडी छनोट गरिएको समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।

छनोटका लागि टेबलटेनिस घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा रहेको कोर्टमा खेलाइएको छ । भलिबल खुलाचौरस्थित खेलमैदानमा खेलाइएको छ । कराँते निर्माणाधीन कभर्डहलमा खेलाइएको छ । बास्केटबल व्यास नगरपालिका–१ स्थित निर्मल माविमा रहेको कोर्टमा खेलाइएको छ ।

बास्केटबल कोर्ट भने राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा निर्माण गरिएको छ । यहाँ मापदण्डअनुसारका दुई बास्केटबल कोर्ट निर्माण गरिएको छ । राष्ट्रिय खेलकुदको महिला बास्केटबल तनहुँमा खेलाउने तयारी छ । महिला बास्केटबलका लागि खेलाडी र अफिसियलसहित ३ जना दमौली आउनेछन् ।

प्रतियोगिताका लागि क्रिकेट, ब्याडमिन्टन, बास्केटबल, उसु, बक्सिङ, फुटबल, भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, टेबलटेनिस, बुद्धिचाल, कराँते, आइटिएम तेक्वान्दो, फुल कन्ट्याक्टका खेलाडी छनोट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्