Logo
Logo

अनिशा श्रेष्ठ बनिन् ‘मिस नेसन नेपाल’


441
Shares

काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् ।

आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन् । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएका छन् ।

सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा र स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो ।

हरेक बर्ष याे प्रतियाेगिता गरेर महिलालाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य रहेकाे आई डु इभेन्टसले जनाएकाे छ ।

यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल, मिस कन्फिडेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती सर्अफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणा बने ।

कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो । कोरियोग्राफर सुजित बश्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्