Logo
Logo

आज पनि घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


1.3k
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले दिएको जानकारी अनुसार तीजको अवसरमा दुई दिनअघिदेखि सुनको मूल्यमा कमी आइरहेको छ । आइतबार र सोमबार दुई दिनमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको छापवाल सुनको मूल्य सोमबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ ।आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्