Logo
Logo

म्हेपीबाट अवैध लागूऔषधसहित २ जना पक्राउ


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ म्हेपीबाट नियन्त्रित विभिन्न लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

लागुऔषत डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट सहित सर्लाही लालबन्दी नगरपालिका(१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझिले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, रौतहटको गौर नगरपालिका(२ बकैया खोला किनारबाट करिब १ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । १७ वटा पोकामा राखेर उक्त गाँजा नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीलाई देखेर सोही स्थानमा छोडेर भागेका थिए ।

अस्थाई प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरी बल नेपालको बिओपी गौर रौटहटबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देख्नासाथ फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्