Logo
Logo

१ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थको सहमति


2.2k
Shares

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरीले प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले प्रहरीको प्रस्तावलाई कटौती गरेर अनुमति दिएको छ ।

मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरी धेरै चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ । निर्वाचनमा सबै कारागारमा मतदान केन्द्र रहने हुनाले थप सुरक्षाकर्मी चाहिने प्रहरी अधिकारीहरु बताउँछन् ।

स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई सोझै भर्ना गर्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्