Logo
Logo

राष्ट्रपति र कांग्रेस नेताबी छलफल जारी


2.1k
Shares

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीवीच छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति र कांग्रेस पदाधिकारीबीच छलफल जारी छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएपछि देउवाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई लिएर शीतल निवास पुगेका छन् ।

संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएका थिए । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्