Logo
Logo

एमालेले केन्द्रबाट गठबन्धन गर्दैन : शंकर पोखरेल


2k
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रबाट गठबन्धन नगर्ने भएको छ ।

पार्टी कार्यालय च्यासलमा प्रचार तथा प्रकाशन विभागको पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

फाइल फोटो

महासचिव पोखरेलले स्थानीयस्तरमा भने गठबन्धन हुन सक्ने बताए । उनले पार्टीको नीति अनुसार कोही मिल्न आए गठबन्धन हुने भन्दै भने, ‘स्थानीय स्तरमा गठबन्धनको सम्भावना छ । तर केन्द्रमा भने हामी गठबन्धन गर्दैनौं ।’

महासचिव पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा भन्दै नभएको हल्ला फिँजाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्