Logo
Logo

सांसद भइसकेकालाई समानुपातिकमा सिफारिस नगर्न माओवादीको निर्देशन


1.3k
Shares

विराटनगर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को प्रदेश १ समितिले प्रत्यक्ष र समानुपातिक पद्धतितर्फ सांसद भइसकेका व्यक्तिलाई समानुपातिक सूचीका लागि सिफारिस नगर्न निर्देशन दिएको छ ।

माओवादीको आन्तरिक निर्देशनमा भनिएको छ, ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन । समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रदेशसभा र प्रतिनिधिसभा सदस्य भइसक्नुभएका कमरेडहरुको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गर्न पाइने छैन ।’

निर्देशनमा सबै उम्मेदवारहरुको सिफारिस सम्बन्धित समिति बैठकको माइन्यूट निर्णयसहित भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि आग्रह गरिएको छ ।

त्यस्तै, माओवादीले एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एक भन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्