काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका नेताहरुलाई छलफलमा बोलाएका छन् । राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरे लगत्तै सोमबार दिउँसो ५ बजे उनले एमाले नेताहरुलाई बोलाएका हुन् ।
एक नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने तयारीमा छन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको विधायन समितिमा छलफलमा रहेको नागरिकता विधेयकमाथि छलफल गर्न बोलाएको हुन सक्ने नेताहरुले बताएका छन् ।