एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशका महिलाको अवस्था सुधारका लागि सांस्कृतिक परिवर्तन गर्ने अठोट गरेका छन् । उनले कतिपय संस्कृतिका कारण महिलाको अवस्था सुधारमा समस्या देखिएकाले त्यसलाई नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
लेबर पार्टीका नेता समेत रहेका अल्बानीजले महिला मध्ये पनि कामदार महिलाका लागि कार्यक्षेत्रमा सुधार गर्ने अठोट व्यक्त गरे । आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिन पुरा भएको अवसरमा उनले लेबर पार्टी सधैँ मजदुहरुको पक्षमा रहेकाले महिला मजदुरको पक्षमा ठोस र देखिने काम गर्ने दावी गरे ।
विगतका शैली र प्रबृत्तिले नचल्ने भएकाले सरकारले पुनर्संरचनाको खाका बनाएको पनि उनले जानकारी दिए ।