Logo
Logo

अधिकृत संरचना ३५ दिनभित्र नहटाए मध्यपुर थिमिले कारबाही गर्ने


63
Shares

भक्तपुर । भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचना ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ ।

मंगलबार सूचना जारी गर्दै नगरपालिकाले नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ । अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ ।

यस्तै सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माणलगायत अन्य सामग्री नराख्न पनि नगरपालिकाको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्