काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरेको आर्थिक सहयोगबाट काठमाडौंको पशुपति क्षेत्रमा संग्रहालय निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको गत भदौ ६ गते उद्घाटन गर्नुभएको थियो ।

संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, तामा÷पित्तल÷ढलौटका मूर्तिहरु, ढुंगाका प्रस्तर कला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवम् पुरातात्विक महत्वका काष्ठकला, चित्रकला, मूर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक, प्राचीन मुद्रा तथा मूर्त अमूर्त सम्पदाका सामग्रीहरु राखिएको छ ।
मन्त्री श्रेष्ठले पाशुपत क्षेत्रमा छरिएर रहेका धार्मिक, सांस्कृतिक महत्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखीकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गरिनु निकै ठुलो उपलब्धि भएको बताउनुभयो । श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पुनर्निर्माण गरिदिएको हो ।
पुनर्निर्माणपछि बैंकले पशुपति क्षेत्र विकास कोषलाई पशुपति संग्रहालय तथा महास्नान घर हस्तान्तरण गरेको छ । बैंकले पशुपति संग्रहालय महास्थान घर परियोजनामा ५ करोड १४ लाख रुपैयाँ तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले पशुपति संग्रहालय तथा महास्नान भवनको संरक्षण र मर्मतसम्भारमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
पाशुपत क्षेत्रका पुरातात्विक सामग्रीको संरक्षण
पुरातात्विक दृष्टिले खुला संग्रहालयको रुपमा रहेको पशुपति क्षेत्रमा रहेका महत्वपूर्ण सामग्री संरक्षणको अभावले नष्ट हुननदिन संग्रहालयनिर्माण गरिएको हो । संग्रहालयमापाँचौं शताब्दीको प्रस्तर स्तम्भतथावर्षदेवले लेखेको शिव मण्डप स्तम्भसमेत छ ।
यो स्तम्भ नेपालको सबैभन्दा पुरानो स्तम्भमानिन्छ । संग्रहालयमाभएको सबै भन्दा पुरानो अवशेष यहिपाँचौं शताब्दीको शिलालेख हो । यसका साथै चारमुखे ब्रम्हाको मूर्ति, सम्वत ९४० माबनेको भक्तहरूको मूर्ति, सम्वत७५५ को मूर्ति लगायत ऐतिहासिकतथाधार्मिक सामग्रीहरू संग्रहालयमा राखिएको छ ।
राजा रणबहादुर शाह स्वामी महाराज बनेर राजकाज कान्छो छोरा गिर्वान युद्दबिक्रमलाई सुम्पिँदै विसं १८५५ सालमा पशुपति मन्दिर नजिकको यही भवनमा बसेका थिए । अंग्रेजहरूसँग युद्धमा नेपालको विजय होस् भनेर उनले महास्नान विधिको पूजा शुरु गराएको पाइन्छ । महास्नान घरको रूपमा परिचित यही भवन २०७२ सालमा गएको भूकम्पमा क्षतिग्रस्त भएको थियो । भवन पुनर्निर्माण गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले पाँच करोड १४ लाख रुपैयाँ खर्च गरेको छ ।
संग्रहालयमा धार्मिक महत्वका सुनका जलप लगाइएका मूर्ति, प्राचिन स्तम्भ, टुंडालहरू, मुद्रा तथा मूर्त–अमूर्त सम्पदाका सामग्री, प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, पुरातात्विक महत्वका अभिलेख, लिखोट, दस्तावेजहरू पनि छन् । काष्ठकला, चित्रकला, मूर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक समेत संग्रहालयमा राखिएको छ । यसबाट तीर्थयात्री, विद्यार्थी तथा पर्यटकहरू लाभान्वित हुनेछन् ।
महास्नान घरको पुनर्निर्माण
नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा महास्नान घरको पुनर्निर्माण गरिएको हो । रणबहादुर शाहको बेलामा बनाइएको उक्त संरचना पुरानै शैलीमा पूनर्निर्माण भएको छ । पूनर्निर्माणमा सालका काठ तथा माटो प्रयोग गरिएको छ भने सिमेन्टको प्रयोग गरिएको छैन । महास्नान घरको पहिलो र दोस्रो तलाका ३ सय ९६ वटा दलिन फेरिएको छ । पश्चिम र दक्षिण क्षेत्रका दुई वटा ब्लक, छत, झ्याल तथा फल्याकहरू समेत पुनर्निर्माण भएको छ ।
राजा रणबहादुर शाह स्वामी महाराज बनेर राजकाज कान्छो छोरा गिर्वान युद्दबिक्रमलाई सुम्पिँदै विसं १८५५ सालमा पशुपति मन्दिर नजिकको यही भवनमा बसेका थिए । अंग्रेजहरूसँग युद्धमा नेपालको विजय होस् भनेर उनले महास्नान विधिको पूजा शुरु गराएको पाइन्छ ।
महास्नान घरको रूपमा परिचित यही भवन २०७२ सालमा गएको भुकम्पमा क्षतिग्रस्त भएको थियो । भवन पुनर्निर्माण गर्न नेपाल इन्भेष्टमेन्ट बैंकले पाँच करोड १४ लाख रुपैयाँ खर्च गरेको छ ।