Logo
Logo

सुनको भाउ ३ सय रुपैँयाले बढ्याे


378
Shares

काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउमा सामान्य वृद्धि भएको छ । मंगलबार सुनको भाउ प्रतितोला प्रतितोला ३ सय रुपैयाँले बढेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बढेको मुल्यसहित आज छापावाल सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि, सोमबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ भने स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्