Logo
Logo

यी हुन् काभ्रे-२ बाट सिफरिस नेकपा एसका उम्मेदवार


33.8k
Shares

काभ्रे । नेकपा एकीकृत समाजवादीले काभ्रे-२ बाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभातर्फ बिदुर सापकोटा सिफारिस भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा लक्ष्मण लम्साल र ‘ख’ मा बसुन्धरा हुमागाईंको नाम सिफारिस गरिएको छ ।

को हुन्, सापकोटा, लम्साल र हुमागाईं ?

सापकोटा समाजवादी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य हुन् । उनी विद्यार्थी राजनीति देखि नै वामपन्थी विचार राख्ने सच्चा कम्युनिष्ट नेता हुन् । काभ्रेमा कम्युनिष्ट लालकिल्ला बनाउन सापकोटाको महत्वपूर्ण भूमिका छ ।

उनले आफ्नो जीवनको अमुल्य समय समाजसेवा र राजनीतिमा बिताए । उनी काभ्रेमा स्वच्छ छवि भएका, इमान्दार, विकासप्रेमी र सुशासनमा ध्यान दिने नेता हुन् । काभ्रे-२ बाट संघीय उम्मेदवरमा उनको नाम सिफारिस भएको छ ।

वरिष्ठ नेता तथा संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा उमेरका कारण सक्रिय राजनीतिबाट अलग्गिने भएपछि सापकोटा अघि सेका हुन् । एकीकृत समाजवादीमा योग्य अरु नेता नभएका चाहीँ होइनन् । तर अनुभवी र विकासप्रेमी नेता सापकोटा नै अब्बल भएकाले अन्य नेता कार्यकर्ताले सापकोटालाई समर्थन गरेका हुन् ।

नेता सापकोटाको उम्मेदवारीले विपक्षीलाई राम्रै धक्का दिने आँकलन गरिएको छ । यो क्षेत्रबाट एमाले नेता गोकुल बाँस्कोटाले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

नेता सापकोटाको उम्मेदवारी बाँस्कोटालाई फलामको चिउरा चपाउनु बराबर हुने देखिन्छ । निर्वाचनमा बाँस्कोटाका लागि सापकोटा नै भारी भन्नेछन् ।

नेता लम्साल हाल बागमती प्रदेश सांसद तथा नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव हुन् । उनी ७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

उनी विद्यार्थी राजनीतिबाट आएका युवा नेता हुन् । पार्टी नेतृत्व र जनताको माझमा लोकप्रिय र विकासप्रेमी नेता हुन् । उनले जनाताको विश्वास जित्न सक्ने सकेका छन् । यसलाई उनले गरेका विकास निर्माणलगायत सामाजिक लोकप्रियताले प्रष्ट देखाउँछ । गठबन्धन वा एक्लै चुनाव लड्दा पनि लम्सालले जित्ने सम्भावना प्रबल देखिन्छ ।

यसैगरी नेकपा एकीकृत समाजवादी काभ्रे अध्यक्ष तथा बागमती प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईं काभ्रे राजनीतिका खम्बा हुन् ।

उनी पनि २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । हुमागाईं गाविस अध्यक्षको निर्वाचन जितेर राजनैतिक भविष्य सुरुवात गरेका युवा तथा बौद्धिक नेता हुन् ।

कार्यकर्ता र जनताको कुरा सुन्न सक्ने क्षमता भएका, विकासप्रेमी, सरल स्वभावको व्यक्तित्वले हुमागाईंको उचाई थप बढाएको छ । सबै तह र तप्कालाई समान व्यवहार गर्न सक्नु उनको राजनीति भविष्यको बलियो पक्ष हो । उनको क्षेत्रमा भेदभाव नगरी जनतालाई विकासको बाटो देखाउन महत्वपूर्ण भूमिका छ ।

बोलेको काम पुरा गर्ने, मीठो बोली भएका नेता हुमागार्ई सबै पार्टीका जनाताले रुचाएका साझा व्यक्ति हुन् । जनताको नजरमा प्रिय नेता हुमागाईलाइ मंसिर ४ को चुनाव जित्न गाहो स्थिती छैन ।

प्रतिक्रिया दिनुहोस्